नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सञ्चालन मिति सरेको छ । यसअघि आयोजना पक्षले गत बैशाख १५ सम्म सञ्चालनमा ल्याउने बताए पनि केही आवश्यक प्रकृया र तयारी गर्नु पर्दा सञ्चालन मिति पछाडि धकेलिएको हो ।

यसअघि आयोजना पक्षले बताएअनुसार, चैतमा सुरुङमार्ग सञ्चालनको परिक्षण गर्ने र बैशाखदेखि सञ्चालनमा ल्याउने योजना थियो । तर, उक्त योजनाभन्दा थप तीन महिना ढिलो गरी सञ्चालनमा आउन लागेको हो ।

आगामी जेठभित्र सुरुङमार्गको परीक्षण सञ्चालन गर्ने र साउनदेखि सर्वसाधारणका लागि पूर्ण रुपमा खुला गर्ने तयारी भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । उनका अनुसार, यसअघि बैशाखभित्र सञ्चालन ल्याउने लक्ष्य राखिए पनि केही सम्पन्न गर्नुपर्ने काम र प्रकृयागत रुपमा केही समय ढिलो भएको उनले बताए ।

‘आयोजना आगामी जेठभित्र परिक्षण ट्रायलका रुपमा सञ्चालनमा ल्याउने र साउनबाट पूर्ण रुपमा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिरहेका छौं,’ उनले भने । उनका अनुसार, हालसम्म नागढुंगा सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । हाल आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत रहेको छ । सुरुङमार्ग सञ्चालनमा ल्याउन सुरक्षाकर्मी तैनाथ, आपतकालीन उद्धार, तालिमलगायतका काम बाँकी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर