साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ को विन्दुमा पुगेको छ।

आज ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा सुधार आउँदा ७ उपसूचकहरू हरियाली देखिएका छन् ।

आज अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११.१६ प्रतिशतले बढेको छ । त्यसैगरी, सोलु हाइड्रोपावरको ७.५६ प्रतिशत, धौलागिरी लघुवित्तको ७.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर