पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक निर्माण छिटो सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ। रास्वपा सभापति रवि लामिछानेसहित नेताले सोमबार नवलपुरको गैंडाकोटबाट यात्रा सुरु गरेका हुन्।

तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएकोले सरोकारवालालाई दबाब दिन यात्रा सुरु गरिएको लामिछानेले बताए। सरकार र ठेकेदारको लापरवाहीका कारण सडक विस्तारको काम पूरा नभएको उनको भनाइ छ।

‘ठेकेदारको कुरा सुन्दा सरकारले रुख र बिजुलीका पोल नहटाएको गुनासो सुनिन्छ, सरकारको दाबी अर्कै छ। सरकार र ठेकेदारका कारण स्थानीयले दु:ख पाउनु भएन। सरोकारवालालाई दबाब दिन यात्रा सुरु गरेका हौं।’ दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विभागकी संयोजक सांसद निशा डाँगीलगातय छन्। रास्वपा टोली बुधबार बुटवल पुग्नेछ।

चार लेनमा विस्तार गर्न लागिएको नारायणगढ–बुटवल खण्डको १ सय १५ किलोमिटर राजमार्गको भौतिक प्रगति ४४ प्रतिशतमात्र छ। २०७५ सालमा सुरु भएको आयोजनाको काम २०७८ मै सम्पन्न हुनुपर्ने भए पनि अझै ५० प्रतिशत काम पूरा भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर