नेपाली सेनाले सोलुखुम्बु, थुलुङ दुधकोशी-६ निवासी गर्भवती महिलालाई हवाईमार्फत उद्धार गरेको छ।

महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारको लागि सेनाको हवाई साधनमार्फत बुधवार काठमाडौँ ल्याइएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागी सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत उक्त महिलाको उद्धार गरिएको सेनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर