नेपाली काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नु भएको छ छैन,’ सांसद राईले भने, ‘प्रधानमन्त्री भए अनुपस्थित भए विरोध जारी रहन्छ।’

उनले संसद् मन लागे आउने मन नलागे नआउने चिया चौतारी नभएकोसमेत बताए । देशभित्र रहनु भएको र संसद् भवनबाट १०० मिटरको दूरीको कार्यक्रम नआउनुलाई के भन्ने भन्ने प्रश्न राईको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर