किसान होल्डिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पुस २८ गते शनिबार साधारणसभामा तयारि बोलाएको हो । सभा काठमाडौं महानगरपालिका वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।
सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारित हुनेछन् । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।