भारतको उत्तर प्रदेश अन्तर्गत लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।

स्थानीय प्रशासनका अनुसार दुर्घटना सोमबार बिहान धौरहरा कोतवाली क्षेत्रअन्तर्गत भरेहटा गाउँ नजिक भएको हो। बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा उक्त घटना भएको बताइएको छ।

अञ्जनीकुमार सिंह ले दुर्घटनामा १० जनाले ज्यान गुमाएको जानकारी दिएका छन्। मृतकमध्ये तीन महिला रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर