श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्ड देखाएर विरोध गरेका छन् ।
जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् ।
उनले प्रधानमन्त्री बालेन शाहको उपस्थिति सदनमा खोजिरहेका छन् । प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नकाे जवाफ स्वय् आफैँ उपस्थित भएर दिनुपर्ने उनकाे माग छ ।










