प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा आज सम्बोधन गर्ने भएका छन ।   मङ्गलबार बेलुकी ५:०० बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन। प्रधानमन्त्रीले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्ने छन । प्रधानमन्त्री गत वर्ष पुस १० गते नियुक्त भई पुस ११ गते शपथ लिएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर