काठमाडौँ उपत्यकास्थित तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि कारवाही गर्दै हटाउने कार्य गरेको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण अभियानअन्तर्गत अवैध रूपमा निर्माण भएका टहरा, पर्खाल तथा अन्य भौतिक संरचनाहरू हटाइएको जनाएको छ।
अभियानका क्रममा नगर प्रहरी, प्राविधिक टोली तथा सम्बन्धित स्थानीय प्रशासनको समन्वयमा डोजर प्रयोग गरी केही संरचना पूर्ण रूपमा भत्काइएको हो।
नगरपालिकाका अनुसार सार्वजनिक जग्गा अतिक्रमण नगर्न पटक-पटक सूचना जारी गरिए पनि अटेर भएपछि बाध्य भएर संरचना हटाउनुपर्ने अवस्था आएको हो।
नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तर रूपमा अघि बढाइने जनाएको छ।
Tags :
अतिक्रमण










