साताको अन्तिम कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा पुगेको छ।
आज ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा सुधार आउँदा १२ उपसूचकहरू हरियाली देखिएका छन् ।
आज क्रेस्ट माइक्रेफाइनान्स लघुवित्तको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.८१ प्रतिशतले बढेको छ । त्यसैगरी,माबिलुङ इनर्जीको ९.३५ प्रतिशत, बुङ्गल हाइड्रोको ७.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।










