आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

विभागका अनुसार कोशी प्रदेशको झापा र मोरङ सहित आसपासका जिल्ला र मधेश प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ ।

यसैगरी, बागमती प्रदेशमा मकवानपुर र चितवन सहित आसपासका जिल्ला गण्डकी प्रदेशमा नवलपुर र तनहुँसहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देहीसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर