नेपालकी पारा तेक्वान्दो स्टार पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी छन ।

मंगोलियाको उलानबातरमा जारी प्रतियोगितामा सोमबार पलेशाले इरानकी राहिमी जारामाथि ११–० ले हराउँदै कांस्य पदक जितेकी हुन।

पलेशाले यसअघि सन् २०२४ को पेरिस पारा ओलम्पिकमा पनि कांश्य पदक जितेकी थिइन। यस्तै उनले सन् २०२२ मा चीनमा भएको १९औँ एसियाडमा पनि कांस्य पदक जितेकी थिइन ।

प्रतियोगितामा नेपालका अमिर भ्लोन र रेणु तामाङ इरानकै खेलाडीसँग पराजित भइन ।

प्रतिक्रिया

सम्बन्धित खवर