एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दै छन् । खेल बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।
६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा छनोट हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।
समूह ‘ए’मा आयोजक मलेसियासहित हङकङ र थाइल्याण्ड छन् ।










