योमरी बनाउनका लागि ताइचिन धानको पिठो, चाकु, भुटेको तिल, तेल, खुवा, थोरै चिनी र चाहिन्छ । योमरी बनाउन तिल भुटेर पिँधिन्छ । चाकुलाई पानीमा पगालिन्छ । यो चाकु पानीमा पिँधेको तिल र अलिकति पिठो मिसाएर उमालेर लेदो बनाइन्छ । थप स्वादिलो बनाउन खुवा, नरिवलको धूलो मिसाउन पनि सकिन्छ ।
योमरी बनाउने क्रममा चामलको पिठोमा तातो पानी मिसाएर मुछिन्छ । यस क्रममा पिठोलाई थप गिलो बनाउन थोरै तेल मिसाउन सकिन्छ । ठिक मात्रामा नरम भएपछि सेतो नरम (मलमल) कपडाले छोपेर राख्नुपर्छ, जसले गर्दा पछि कडा हुन पाउँदैन ।
दुवै हातमा थोरै तेल लगाएर सानो ठिक्कको पिठाको डल्लो लिई अंजीर (घण्टा) आकार बनाई तलको पिँधतिर बाट प्वाल बनाइन्छ । आवश्यक मात्रामा प्वाल बनाएपछि वा वरिपरिको भित्ता ठिक्कको पातलो भएपछि पिँधतिरबाट चाकुको लेदो राखी घुमाउँदै मुख सानो सानो बनाउँदै लगि मुख टालिन्छ ।
यसमा कार्बोहाइड्रेट उच्च मात्रामा हुन्छ । त्यसो भएर जाडो महिनामा यो पर्वको मनाउनुको सान्दर्भिकता पनि छ । किनकि जाडोयाममा शारीरिक तापको लागि क्यालोरी प्रदायक कार्बोहाइड्रेटको आवश्यकता हुन्छ । चाकुमा क्याल्सियम, आइरन, क्यारोटिन पनि पाइन्छ ।
यस दिन चामलको पिठोबाट लक्ष्मी, कुबेर आदि थरिथरिका देवीदेवता पनि बनाइ ढुकुटीमा राखेर पुजिन्छ । योमरी पुन्ही सम्बन्धी किंवदन्ती यस प्रकार छ । योमरीको उत्पत्तिलाई ‘रत्नबदाने बुद्ध वचन’ मा उल्लेख गरिए अनुसार लिच्छवीकालका प्रख्यात राजा अंशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती) बाट शुरु भएको किंवदन्ती छ ।
योमरी तथा माय्मरी बनाउनको लागि आवश्यक चामल तथा चाकुमा शक्ति प्रदायक कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ । त्यसैगरी योमरीमा राखिने चाकु पनि विशेषतः यो शक्तिप्रदायक खाद्य पदार्थ हो ।
यसमा कार्बोहाइड्रेट उच्च मात्रामा हुन्छ । त्यसो भएर जाडो महिनामा यो पर्वको मनाउनुको सान्दर्भिकता पनि छ । किनकि जाडोयाममा शारीरिक तापको लागि क्यालोरी प्रदायक कार्बोहाइड्रेटको आवश्यकता हुन्छ । चाकुमा क्याल्सियम, आइरन, क्यारोटिन पनि पाइन्छ । यो विभिन्न आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । नेवारी सम्प्रदायमा माघे संक्रान्तिमा बाहेक सुत्केरी महिलालाई पनि अधिक ख्वाइन्छ ।
चाकुमा मिसाइने तिल जाडो याममा खानाले शरीरमा थप ऊर्जा प्राप्त हुन्छ । कालो तिल सबैभन्दा गुणकारी मानिन्छ । यो वात्त, पित्त र कफनाशक हुन्छ । तिलमा भिटामिन ई समेत हुन्छ । तिलमा प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स प्रचुर मात्रामा हुन्छ । यसको सेवनले मानसिक दुर्बलता एवं तनाव हटाउँछ । दाँत बलियो पार्न, अल्काईबाट बच्न, कपाल झर्न तथा फुल्नबाट जोगाउन तथा तिल उपयोगी मानिन्छ ।
चाकुको लेदोमा थप स्वादिष्ट बनाउन नरिवलको धुलो मिसाउन सकिन्छ । त्यसो त नरिवलको उपयोग फल, पानी र रसका रुपमा गरिन्छ । यो पुष्टिकारक, बलवद्र्धक, रक्तविकार एवं वातपित्त नाशक हो । यसको पानीले तिर्खा मेटाउने, पाचन बढाउने गर्दछ । यो विर्यवद्र्धक पनि हुन्छ । यसमा शरीरका लागि अति उपयोगी भिटामिन ए, बी, सी का साथै प्रोटिन, क्याल्सियम र आइरन हुन्छ ।
आन्द्राको जीर्ण रोग क्रोहन्स डिजिजका लागि उपयोगी नरिवल आन्द्रामा जलन, पखाला, दिसामा रगत आउने, तौल कम हुने क्षमता हुन्छ । यसमा कोर्टिकस्टोराइड जस्तै फाइटोस्टेरोल्स हुने हुनाले सुजन आदि घटाउन मद्धत गर्दछ । ताजा नरिवलमा प्रशस्त मात्रामा पाइने जिंकका कारण मोटोपना घटाउँछ ।
यसैबीच डेक्चीमा पानी उमालिन्छ । यसरी निश्चित संख्यामा योमरी बनाएपछि त्यसलाई प्वाल प्वाल भएको भाँडो (मःमः पकाउने जस्तो) मा राखी पानी उमालेर राखेको डेक्चीमाथि राखिन्छ । बाफबाट मात्र पाक्ने हिसाबले माथि बाट ढक्कन राखी ठिक्कको आगोमा बसालिन्छ । करिब १० मिनेट बफाएपछि ढक्कन निकालेर कुनै एउटा योमरी चिमोटेर पाक्यो पाकेन जाँच गरिन्छ । राम्ररी पाकेको योमरी नरम वा यसको बाह्य भाग एकैछिनमा चिल्लो देखिन्छ । आजकाल चाकुको ठाउँमा थोरै चिनी थपेको खुवा राखेर पनि योमरी बनाइन्छ ।
माय्मरी बनाउँदा चाकुको लेदोको ठाउँमा मासको पेस्ट हालिन्छ । बारा बनाउन तयार गरिने पेस्टमा जस्तै माय्मरीमा हालिने मासको पेस्ट पनि नुन मसला ठिक्क मिसाई बनाईन्छ । पिठो मुछ्ने, डल्लो बनाउने, डल्लोमा मासको पेस्ट भर्ने अनि बफाउने तरिका योमरी पकाउँदा जस्तै हो । चिन्न सजिलो हुने हिसाबले पनि माय्मरीको आकार चाहिँ त्रिकोण एवं चेप्टो आकारमा बनाइन्छ । गुलियो योमरी मात्र खाँदै गर्दा नुनिलो स्वादको माय्मरी खानु मज्जै आउँछ ।
योमरीसँगै धान्यपूर्णिमाका दिन बनाइने माय्मरीमा प्रयोग हुने मास प्रोटिनको मुख्य श्रोत हो । यसले शरीरमा तागत र भोजनमा रुचि बढाउँछ । यसले शरीरलाई चुस्त, तन्दुरुस्त राख्नुका साथै रक्तनलीलाई शक्ति पनि प्रदान गर्दछ ।