बाढी पहिरोको जोखिम बढेपछि बीपी राजमार्गसहित देशका पाँचस्थानमा सडक अवरुद्ध भएको छ।

बीपी रागमार्गसँगै कोसी, मध्यपहाडी, बेनी जोमसोम र हिल्सा सिमकोट सडक बाढीपहिरोको कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

सम्भावित बाढीको जोखिम बढेपछि खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको प्रहरीले जनाएको छ।

त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा-सिमकोट सडक पनि बन्द भएको छ।

उता बाढीपहिरोको कारण पाँचथरमा मध्यपहाडी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। र

त्यसैगरी म्याग्दीमा बेनी-जोमसोम सडकखण्डमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्।

उता भोजपुर र संखुवासभामा पनि मध्यपहाडी र कोसी राजमार्गमा बाढी पहिरोको कारण एकतर्फी मात्रै गाडी चलेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर