सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २६.७२ अंकले द्दटेर २७५५.३७ को विन्दुमा पुगेको छ।
आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा ११ उपसूचकहरू राताम्मै देखिएका छन् ।
बजारमा गिरावट आउँदा बुङ्गल हाडड्रोको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३.२० प्रतिशतले घटेको छ ।










