सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको विवादमाथि आज सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलास सुनुवाइका लागि आज पेशी तोकिएको छ।

यसअघि जेठ १३ गते सुनुवाइका लागि सोही इजलासमा पेशी तोकिए पनि पछि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश दिएको थियो।

अधिवक्ता गीता थापाले अध्यादेश बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन्। तर,सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेको थियो। त्यस विरुद्ध थापाले पुनः रिट दायर गरेकी हुन्। अब उक्त रिट दर्ता हुने वा नहुने भन्ने विषयमा संवैधानिक इजलासले निर्णय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर