साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ को विन्दुमा पुगेको छ।
आज ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा १२ उपसूचकहरू राताम्मै देखिएका छन् ।
बजारमा गिरावट आउँदा एसविएल डिवेञ्चर २०८४ को सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०.४८ प्रतिशतले बढेको छ । त्यसैगरी, विजय लघुवित्तको ४.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।










