रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा बसेका छन् ।
रास्वपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो ।
छलफलमा परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने, संसद् चल्न दिने वा नदिने भन्नेबारे साझा धारणा बनाउने बुझिएको छ ।
विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू सहभागि छन् ।










