बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले जानकारी दिए । उनका अनुसार दुर्घटनाका १६ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ ।










