नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

बिहिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीले कसरी सफाइ पाए भन्ने जानकारी गराउन माग गरेका हुन् । उनले जेन जेड आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषय बाहिर आएको विषयमा पनि सत्य तथ्य छानबिन गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर