साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ को विन्दुमा पुगेको छ।
आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा ११ उपसूचकहरू राताम्मै देखिएका छन् ।
बजारमा गिरावट आउँदा पनि टक्सार पिपुवाखोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा बढेको छ ।










