बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बिहीबार बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको जनाएको हो ।

यसअघि बिहीबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । तर, उक्त निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको छ ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार स्थगित गरिएको प्रतिनिधिसभाको बैठक अब आगामी शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर