राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको छ । मतदान अन्तिम चरणमा रहेको भन्दै मतदानस्थलबाहिर माइकिङ गरिएको छ ।

मतदान नगरेकालाई मतदानस्थलमा प्रवेश गर्न भन्दै माइकिङ गरिएको हो ।

पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । करिब ४२ सय मतदाता छन् ।

गएराति १२ बजेबाट मतदान सुरु भएको थियो । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर