राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आजै हुने भएको छ।

महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे हुनेछ।

आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ।

रास्वपाको आइतबारदेखि महाधिवेशन सुरु भएकामा पदाधिकारीको निर्वाचन सकेर आजै शपथ हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर