अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप–२०२६ को नकआउटअ समीकरण पूरा भएको छ ।
आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलसँगै सहभागी ४८ देशबाट १२ समूहको शीर्ष दुई र आठ वटा उत्कृष्ट तेस्रो टोलीसहित नकआउट पुग्ने ३२ टोलीको टुङ्गो लागेको हो ।
विश्वकपमा युरोपबाट सर्वाधिक १३ टोली नकआउट चरणमा पुगेका छन् । यस्तै अफ्रिकाबाट नौ, दक्षिण अमेरिकाबाट पाँच, उत्तर अमेरिकाबाट तीन र एसियाबाट दुई टोलीले नकआउट चरणमा स्थान बनाएका छन् ।
नकआउट चरणमा साविक विजेता अर्जेन्टिनाल विश्वकपको डेब्यु टोली केप भर्डेसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै साविक उपविजेता फ्रान्सले स्विडेनसँग खेल्ने छ ।
यस्तै ब्राजिलले एसियाली टोली जापान, पोर्चुगलले क्रोएसिया, दक्षिण अफ्रिकाले क्यानडा, जर्मनीले पाराग्वे, नेदरल्यान्ड्सले मोरक्को र आइभरी कोस्टले नर्वेसँग खेल्ने छ ।
यस्तै मेक्सिकोले इक्वेडर, इङ्ल्यान्डले डिआर कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अष्ट्रिया, स्विट्जरल्यान्डले अल्जेरिया, अस्ट्रेलियाले इजिप्ट र कोलम्बियाले घानासँग प्रतिस्पर्धा गर्ने छ ।










