मंगलबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँ तथा चाँदी २५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा सुनको भाउ ९ हजार २ सय रुपैयाँ घटेको छ । गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा २५ रुपैयाँ घटेसँगै ४ हजार २८५ रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ५९० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर