सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको बताए ।

‘गाडी नदीमा डुबेको छ, मान्छे कति थिए, के भयो पत्ता लागेको छैन,’ उनले भने । उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

‘कोही घाइते वा अन्य व्यक्ति फेला नपरेकाले गाडीमा कति जना थिए भन्ने हुन्थ्यो,’ उनले भने । अहिले बेपत्ता गाडी र यात्रुहरूको खोजी कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर