प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ११.४३ अंकले बढेर २६७३.१४ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५२ वटा स्क्रिप्सको ४ लाख ३३ हजार ३५९ कित्ता सेयर ४३ करोड २७ लाख ७८ हजार ९२४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २० वटाको घटेको छ । ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।










