सहआयोजक क्यानडा फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा मोरक्कोसँग ३-० गोल अन्तरले पराजित भएपछि क्यानडा विश्वकपबाट बाहिरिएको हो ।

जितसँगै मोरक्को लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनलमा पुगेको छ । अब मोरक्कोले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्ने छ ।

पराजयसँगै क्यानडाको पुरुष विश्वकप इतिहासकै सबैभन्दा सफल अभियान समाप्त भएको छ। यस संस्करणमा क्यानडाले पहिलो पटक विश्वकपमा अङ्क, जित, समूह चरण पार गर्ने उपलब्धि र नकआउट चरणको जित हासिल गर्दै नयाँ इतिहास रचेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर