डोल्पाको जगदुल्ला गाउँपालिका– ५ गैरीगाउँमा गएराति अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आइतबार राति करिब तीन बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को घटनास्थलमै मृत्यु भएको हो ।

बाढीमा परेर अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको छ भने प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर