जिल्ला कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कारको ठक्करबाट मोटरसाइकल पछाडि सवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपि ६५ ई एक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिँदा बैतडीको सिगास गाउँपालिका १ गजकोट निवासी ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि फरार भएका कार चालक भारतको उत्तर प्रदेश, वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई कारसहित जिल्ला कैलाली, गोदावरी नगरपालिका ६ लालपुरबाट पक्राउ गरिएको छ ।

मोटरसाइकल चालक गौतम ऐरको सीपी अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर