साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ को विन्दुमा पुगेको छ।
आज ३६२ कम्पनीको ८४ लाख ६२ हजार ४८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ५६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बजारमा गिरावट आउँदा १२ उपसूचकहरू राताम्मै देखिएका छन् ।
बजारमा गिरावट आउँदा कर्पोरेट डेभलपमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ ।










