फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको हो।
खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औँ मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।
खेलको दोस्रो हाफमा स्विजरल्यान्डले अर्जेन्टिना विरुद्ध गोल फर्कायो। स्विजरल्यान्डका लागि खेलको ६७ औँ मिनेटमा डान एन्डोएले गोल गरेका हुन्। जितसँगै अब अर्जेन्टिनाले इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।










