फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएका हुन्।
अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ३-१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डसँग भिड्ने पक्का भएको छ।
इंग्ल्याण्डले आइतबार बिहान नर्वेलाई २-१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। इंग्ल्याण्ड र अर्जेन्टिनाबीच दोस्रो सेमिफाइनलमा भिडन्त हुनेछ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई हराएको थियो भने स्पेनले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।
अब लगातार तीन पटक विश्वकप फाइनल खेलेको फ्रान्स र स्पेनबीच बुधबार बिहान १२:४५ बजे फाइनलका लागि प्रतिस्पर्धा हुनेछ।दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान १२:४५ बजे हुनेछ।
सेमिफाइनल जित्ने दुई टिमले जुलाई २० मा उपाधिका लागि भिड्नेछन्।










