बाजुरमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बिहीबार राति गौमूल गाउँपालिका नजिकै मालिवनमा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जिप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नम्बरको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए।
उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।