साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ ।  आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा पुगेको छ।

आज ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका सबै १२ उपसूचकहरू हरियाली भएका छन्।

कारोबारमा एभरेष्ट कलरको सेयर मूल्यमा १४.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यसपछि रिज लाइन इनर्जी १४.६४ प्रतिशत, श्रीनगर एग्रीटेकको १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.५६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्स ९.३१ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर