बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

हिमाली गाउँपालिका –०५, क्युडी स्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा परेर चालकसहित ९ जना घाइते भएका हुन् ।

सोमबार दिउँसो करिब १:२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर