सुनसरीको देवानगञ्जमा भएको दुई समूहकाे झडपपछि उग्र बनेकाे अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएकाे छ ।
आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेकाे हाे ।
सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।










