संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्ने अपिल गरेका छन् ।
सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव उल्लेख गर्दै सबै पक्षलाई संयमता आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन् ।
रास्वपाका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेका छन् ।
वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।










