
एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
१४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो ।