पछिल्लो केही दिन यता तराइ जिल्लामा भएको घटनापछि नेपालगन्जमा सद्भाव र्‍याली निकालिएको छ।

देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेमा सद्भाव र्‍याली निकालिएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर