सिन्धुलीको फिक्कल-२ नवलपुरस्थित मध्यपहाडी राजमार्ग क्षेत्रमा सोमबार यात्रुवाहक कार सुनकोशी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप, सिन्धुली र ओखलढुंगाको सीमाक्षेत्र नजिक लिखु खोलाको आसपास सडक निर्माणस्थलमा खटिएको कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यसपछि कार सडकबाट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त कारमा कति जना सवार थिए तथा मानवीय वा भौतिक क्षतिको अवस्था कस्तो छ भन्ने विषयमा तत्काल यकिन विवरण प्राप्त हुन सकेको छैन।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली उद्धार तथा अनुसन्धानका लागि घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले उल्लेख गरेको छ।










