नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् ।

थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी दिइन ।

राकेश सापकोटा र आरोन श्रेष्ठले रजत तथा सिरिषा खनाल र केल्साङ दाहालले फरक विधामा सफलता पाएका छन् । राकेशले १८ वर्षमाथि उमेरसमूहको स्पिड किक विधामा रजत पदक जिते । यही उमेरसमूहमा नै स्पिड किकमा शिरिषाले नेपाललाई कांस्य पदक दिलाए ।

केल्साङले क्योरोगी १२–१४ वर्ष उमेर समूहमा सफलता पाए  । ४७ केजीमुनिमा उनले कांस्य पदक जिते। आरोनले ९–१० वर्ष उमेर समूहको स्पिड किक विधामा नै उत्कृष्ट प्रदर्शन गर्दै पदक जिते।

प्रतिक्रिया

सम्बन्धित खवर