सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकर्गमा साउन १८ गते एउटा जिप सुनकोशी नदीमा खसेको छ ।

जिप दुर्घनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिँएपछि जिप सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको बताइएको छ ।

खोजीकार्यमा सो बेसबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।

जिपमा फिक्कल गाउँपालिका–५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर  गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर