साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २६८४.३३ को विन्दुमा पुगेको छ।
आज ३४९ कम्पनीका १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ८ उपसूचकहरू हरियाली भएका छन्।
सेयर बजारमा सामान्य गिरावट आउँदा एभरेष्ट कलरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी सप्कोशी डेघलपमेन्ट बैंकको ११.७७ प्रतिशत, महुली लघुवित्तको ७.१६ प्रतिशतले सेयर मूल्य बढेको छ ।










