कपा एमालेले सुकुमवासीहरूको समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सो प्रतिबद्धता जनाएकी हुन् ।
पहिलोपटक हामीले भूमि नीति बनायौं । भू उपयोग कानुन बनायौं । वर्गीकरणको अहिले कार्यान्वयन दिशातिर गइरहेको छ । यो हाम्रा निम्ति भोलिका लागि आधार निर्माण भएको हो,’ अर्यालले भनिन्, ‘सरकारलाई हामी सहयोग गर्छौं । किनकी हामीले सुकमवासीको व्यथा बुझेका छौं ।’
साथै, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या एउटै डालोबाट गर्नुपर्ने परिस्थितिमा रहेको पनि उनले स्मरण गरिन् ।










