नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।

हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘२६ गते राति ९ः४५ बजे आइपुग्नुहुन्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले फर्किने मिति तय नभएको प्रतिक्रिया दिए ।

‘साउन २६ या २८ गते आउनुहुन्छ,’ उनले भने, ‘तर, डेट फिक्स भइसकेको छैन ।’

देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर