पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को अन्त्येष्टि गरिएको छ । उनको शवयात्रा सहित काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएकामध्ये गुरुङको शव (हिजो) विहीबार नेपाल ल्याइएको थियो ।

अन्त्येष्टि अघि अन्तिम अर्पण कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायत सहभागी भए । गृहमन्त्री गुरुङले गुरुङको पार्थिव शरीरमाथि राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर